फ्रेन्च ओपन २०२४ मा इगा स्विटेकले महिला एकलको उपाधि जितिन्
काठमाडौं ।पोल्याण्डकी इगा स्विटेकले फ्रेन्च ओपन महिला एकलको उपाधि जितेकी छिन् ।
शनिबार भएको फाइनल खेलमा स्विटेकले इटालीकी जास्मिन पाओलिनीलाई ६–२, ६–१ को सोझो सेटमा पराजित गरिन् ।
स्विटेकले चौथो पटक फ्रेन्च ओपनको उपाधि जितेकी छिन् ।
यसअघि स्विटेकले सन् २०२०, २०२२ र २०२३ मा फ्रेन्च ओपन जित्न सफल भइसकेकी छिन् । स्विटेकको यो पाँचौं ग्रान्डस्लाम उपाधि हो।
इटालीकी जास्मिन पाओलिनी पहिलो पटक ग्राण्डस्लामको फाइनलमा पुगेकी थिइन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment