रौतहटमा प्रतिबन्धित भारतीय कुखुरा र चल्ला नष्ट, लाखौंको सामान बरामद
रौतहट। जिल्ला प्रहरी कार्यालय रौतहटसँगै मातहतका बिभिन्न युनिटहरुले ठूलो परिमाणमा प्रतिबन्धित भारतीय कुखुरा र चल्ला बरामद गरी नष्ट गर्नुका साथै लाखौं बराबरको सामान बरामद गरेको छ।
जेठ महिनाको १ गतेदेखि २६ गतेसम्म जिल्लाको विभिन्न नाका हुँदै तस्करहरुले भारतबाट अबैध रुपमा भित्र्याएको पाँचलाख ४३हजार ९३७ रुपैया बराबरको ३४३ थान कुखुरा र १४ सय चल्ला बरामद गरेको थियो।
बरामद कुखुरा र चल्ला जिल्ला प्रहरी कार्यालय तथा बिभिन्न युनिटको हाताभित्र खाल्डो खनी पुरेर नष्ट, गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन्।
त्यसैगरी भारतीय बजारबाट भन्सार छली अबैध रुपमा भित्र्याएको एकलाख २९ हजार ४५१ रुपैया बराबरको कपडा , किराना लगायतका सामाग्री बरामद गरी आवश्यक कारवाहीको लागि आज आईतवार जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको प्रहरीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
रौतहट प्रहरी प्रमुखको रूपमा एस्पी दिलीप घिमिरेले कमाण्ड सम्हाले पछी आपराधिक क्रियाकलापमा कमी आउनुका साथै भारतीय सामानको तस्करी समेत न्यून भएको देखिएको छ।







डिसी नेपाल








Facebook Comment