प्रभु बैंक र सौराहाका १६ भन्दा बढी होटल तथा रेष्टुरेन्टबीच छुट सम्झौता

डिसी नेपाल
२८ जेठ २०८१ १०:५९
60
Shares

काठमाडाैंर प्रभु बैंक र सौराहामा अवस्थित विभिन्न होटल तथा रेष्टुरेन्टबीच विशेष छुट सम्झौता भएको छ। भरतपुर भम्रण वर्ष २०२४ लाई लक्षित गर्दै प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई छुट दिने सम्झौता भएको हो।

छुट्टाछुट्टै समारोहकाबीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट बागमती प्रदेश, चितवन कल्सटरकी प्रमुख सांग्रीला श्रेष्ठ र सौराहाका शाखा प्रबन्धक मणि मानन्धरद्वारा हस्ताक्षर गरिएको हो।

सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

सो सम्झौता बमोजिम ग्राहक तथा प्रभु बैंकका कर्मचारीहरूका लागि आवासमा ८ प्रतिशतदेखि १५ प्रतिशत तथा खाना तथा पेय पदार्थमा १० प्रतिशतदेखि १५ प्रतिशतसम्मका छुट प्राप्त गर्न सकिने बताइएको छ।

बैंकका अनुसार होटल आइकावा इन, सपना भिलेज लज, सिद्धार्थ भिल्लाज बनवास, होटल वाइल्ड लाइफ क्याम्प, पार्क सफारी रिसोर्ट, चौतारी गार्डेन रिसोर्ट, राइनो लज एण्ड होटल, होटल रोयल सफारी, द पार्क सेन्चुरी होटल, ट्राभलर्स जंगल क्याम्प, होटल मिराज, ओपन सेकुवा कर्नर, रिभर भ्यू जंगल क्याम्प, हिमालयन इन, जंगल सफारी लज, रोयल टाइगर लक्जरी होटल लगायतका होटलमा छुट पाइने छ।

बैंकले नेपालभर ३०२ शाखा कार्यालय, २८५ एटिएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई बैंकिङ सेवा प्रवाह गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *