फ्लोरिडामा वर्षा जारी, नेपाल र श्रीलंकाबीचको खेल प्रभावित हुन सक्ने (फाेटाेफिचर)
काठमाडौं। आइसीसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफनो दोस्रो खेलमा नेपालले टेस्ट मान्यता प्राप्त राष्ट्र श्रीलंकासँग खेल्दैछ।
अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा हुने उक्त खेल नेपाली समयअनुसार भोलि बिहान ५ः१५ बजेदेखि सुरु हुनेछ।

तर फ्लोरिडामा लगातार वर्षा भइरहेको कारण खेल भने प्रभावित हुनसक्ने सम्भावना रहेको छ। विहानदेखि लगातार परेको वर्षाले खेल नहुने सम्भावना बढेको हो। त्यहाँको स्थानीय मौसम विभागका अनुसार दिनभर नै वर्षाको सम्भावना रहेको छ।

वर्षा नरोकिँदा खेल हुने स्थान फ्लोरिडामा अमेरिकाका विभिन्न स्थानबाट जम्मा भएका हजारौँ नेपाली समर्थकहरु निराश देखिएका छन्। सोमबार पनि खराब मौसमका कारण श्रीलंकाले नियमित अभ्यास गर्न पाएको थिएन। वर्षाले खेल अवरुद्ध भयो भने दुवै टीमलाई ठूलो धक्का पुग्नेछ ।
सिनियर क्रिकेट प्रतियोगितामा नेपाल र श्रीलंका पहिलो पटक आमनेसामने हुन लागेका हुन। नेपालले टेष्ट राष्ट्र श्रीलंकालाई हराउँदै आफनो विश्वकप यात्रालाई अगाडि बनाउने कोसिसमा रहनेछ।
त्यसैगरी लगातार दुई खेलमा पराजित श्रीलंकाले पनि नेपाललाई हराउदै विश्वकपको अघिल्लो चरण प्रवेशको सम्भावनालाई जीवितै बनाउन चाहन्छ। नेपाललाई विश्वकपको सुपर आठमा प्रवेश गर्नका लागि पनि बाँकी खेल जित्नुपर्ने दबाब छ। विश्वकपमा प्रत्येक समूहका शीर्ष दुई टोली अर्को चरणमा पुग्ने प्रावधान छ।

नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्डससँग ६ विकेटले पराजित भएको थियो। यता श्रीलंका दक्षिण अफ्रिकासँग छ विकेट र बंगलादेशसँग दुई विकेटले पराजित भएको थियो।














डिसी नेपाल







Facebook Comment