कुन कुन देशले जितेका छन् अहिलेसम्म युरोकप ?
काठमाडौं। युरोकपको १७औं संस्करण जुन १४ देखि शुरु हुँदै छ। मिनी फुटबल विश्वकप भनिने युरोकप यस पटक जर्मनीले आयोजना गर्दै छ। युरोपका २४ देशले भाग लिने यो प्रतियोगिता जर्मनीका बिभिन्न १० स्टेडियम मा खेलाइँदै छ।
युरोकपको डिफेन्डिङ च्याम्पियन इटाली हो। इटालीले २०२० मा सम्पन्न फाइनल खेलमा ईङ्ल्याण्डलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै दोस्रो पटक उपाधि जितेको थियो। यस रिपोर्टमा हामी अहिलेसम्म युरोकपको उपाधि जितेका देश बारे चर्चा गर्दै छौं।
अहिलेसम्म १६ पटक समपन्न यो प्रतियोगिताको सबै भन्दा धेरै पटक उपाधि जर्मनी र स्पेनले जितेका छन्।
जर्मनी र स्पेनले ३-३ पटक युरोकप जितेका छन्। जर्मनीले १९७२, १९८० र १९९६ मा युरोकप जितेको थियो भने स्पेनले १९६४, २००८ र १०१२ मा युरोकप जितेको थियो।
त्यस्तै इटाली र फ्रान्सले २-२ पटक युरोकपको उपाधि जितेका छन्। इटालीलले १९६८ र २०२० मा युरोकप जितेको थियो भने फ्रान्सले १९८४ र २००० मा युरोकप जितेको थियो।
त्यस्तै १९७६ को युरो कपको उपाधि चेकोस्लोभाकियाले जितेको थियो पछि बिभाजन भएर चेक रिपब्लिक र स्लोभाकिया बनेपछि अहिले दुवै देशलाई १९७६ को युरोको विजेता मानिन्छ।
त्यस बाहेक रसियाले १९६० मा, पोर्चुगलले २०१६ मा, नेदरल्याण्डसले १९८८ मा, डेनमार्कले १९९२ मा र ग्रीसले २००४ मा युरोकपको उपाधि जितेका थिए।
ईङल्याण्ड २०२० मा उपविजेता बने पनि अहिलेसम्म युरोकप जित्न सकेको छैन भने बेल्जियम १९८० मा उपविजेता बनेको थियो।







डिसी नेपाल







Facebook Comment