प्रभु बैंक र आगन्तुक रिसोर्ट बीच बिषेश छुट सम्झौता

डिसी नेपाल
३१ जेठ २०८१ ११:३१
28
Shares

काठमाडौं। प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई धुलिखेलमा अवस्थित आगन्तुक रिसोर्टसँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ।

एक समारोहकाबीच सम्पन्न सम्झौतामा प्रभु बैंका तर्फबाट बजार व्यवस्थापक दिना चित्रकार र बजार अधिकृत पुरण न्यौपाने तथा आगन्तुक रिसोर्टको तर्फबाट लेखा नियन्त्रक सुबोध भण्डारी र व्यवस्थापक सुवास कार्कीले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा रिसोर्टमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

चण्डेश्वरी, धनेश्वर, देवीस्थान, गौखुरेश्वर,नमोबुद्ध, बेथानचोक नारायण, गोसाईकुण्ड (काभ्रे) जस्ता प्रसिद्ध धार्मिक स्थल रहेको यस ठाउँबाट गणेश, जुगल जस्ता अन्य बिभिन्न हिम˘ाृंखलाको मनमोहक दृश्य अवलोकन समेत गर्न सकिन्छ। काठमाडौंको कोलाहलबाट केहीबेर बाहिर निस्कन र रमाइलो गर्नका लागि यो एक उत्तम स्थान हो।

आन्तरिक एवंम बाह्य पर्यटकका लागि काभ्रे जिल्ला अति उत्तम र रमणीय स्थलको रुपमा प्रख्यात छ। बिहानको सूर्यको उदयदेखि साँझको अस्थायको सुर्यास्थको दृश्य अवलोकन मज्जाले गर्न सकिन्छ।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०३ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ साथै,लण्डन स्थित दि फाईनान्सियल टाईम्सले बैँक अफ दि ईयर-२०२३ बाट सम्मानित प्रभु बैँक, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड-२०२४ अवार्डबाट सम्मानित भएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *