नेपालले गुमायो ऐतिहासिक अवसर, दक्षिण अफ्रिकासँग एक रनले पराजित

डिसी नेपाल
१ असार २०८१ ८:४२
120
Shares

काठमाडौं। नेपाल दक्षिण अफ्रीकासँग एक रनले पराजित भएको छ। दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्र बनाएपछि एक रनले हारेको हो।

नेपालका लागि ओपनर असिफ शाहले सर्बाधिक ४२ रन बनाए भने अनिल शाहले जिम्मेवारी पूर्ण ब्याटिङ गर्दै २४ बलमा २७ रन बनाएका थिए। त्यस्तै कुशल भुर्तेलले १३ रन बनाएका थिए भने कप्तान रोहित पौडेल शुन्यमा आउट भएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले ६ रन बनाएका थिए।

त्यस्तै दक्षिण अफ्रिकाका बलर तबरेज शाम्शीले ४ तथा कप्तान एडेन मार्क्रम र एनरिक नोकियाले एक एक विकेट लिएका थिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको थियो।

दक्षिण अफ्रिकाका लागि रीजा हेनड्रिक्सले सर्बाधिक ४३ रन बनाएका थिए भने कप्तान एडेन मार्क्रमले १५, ट्रीस्टान स्टबसले अविजित २७, क्वेंटन डिककले १० रन बनाएका थिए।

त्यस्तै नेपाली बलर दिपेन्द्र सिंह एरीले शानदार बलिङ गर्दै ३ विकेट लिएका थिए। दिपेन्द्रले ४ ओभरमा २१ रन दिएर ४ विकेट लिएका हुन्। त्यस्तै कुशल भुर्तेलले पनि शानदार बलिङ गर्दै ३ विकेट लिएका थिए । उनले ४ ओभरमा १९ रन दिएर ४ विकेट लिएका थिए।

यो हारसँगै नेपालको सुपर आठको सम्भावना सकिएको छ । अब नेपालले अर्को खेल आगामी सोमबार बिहान बंगलादेशविरुद्ध खेल्दै छ। भने दक्षिण अफ्रिकाको समुह चरणको खेल सकिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.