निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

डिसी नेपाल
१ असार २०८१ २०:४१
244
Shares

काठमाडौं। नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। शनिबार रातिपछि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ भने डिजल र मट्टीतेलको प्रतिलिटर १ रुपैयाँले घटाइएको छ।

नयाँ मूल्यानुसार अब काठमाडौंमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ पर्नेछ भने डिजल र मट्टीतेल १५२ रुपैयाँ प्रतिलिटर पर्नेछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *