अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने खेलाडीलाई नगद पुरस्कार प्रदान

डिसी नेपाल
२ असार २०८१ २१:०९
300
Shares

काठमाडौं। अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ ।

आइतबार काठमाडौंमा एक कार्यक्रमबिच अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो।

पुरस्कार पाउनेमा १९औँ एसियाली खेलकुदमा रजत विजेता एरिका गुरुङ, १९औँ एसियाली खेलकुदमा काँस्य विजेता राष्ट्रिय महिला कबड्डी टिम, चौथो एसियाली पारा खेलकुदमा काँस्य विजेता पलेशा गोवर्धन र आइसीसी पुरुष टी-२० विश्वकप फाइनल एसियामा रजत विजेता राष्ट्रिय क्रिकेट टिमलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ।

सरकारको तर्फबाट खेलाडीहरूलाई २ करोड ९७ लाख १० हजार रकम बराबरको सम्मान र पुरस्कार प्रदान गरिएको हो।

जसमा १९औँ एसियाली खेलकुदमा काँस्य विजेता राष्ट्रिय महिला कबड्डी टिमक सदस्यलाई जनही ३ लाख ९० हजार प्रदान गरिएको छ भने चौथो एसियाली पारा खेलकुदमा काँस्य विजेता पलेशा गोवर्धनलाई १३ लाख प्रदान गरिएको छ ।

त्यस्तै १९औँ एसियाली खेलकुदमा रजत विजेता एरिका गुरुङलाई १९ लाख ५० हजार प्रदान गरिएको छ भने आइसीसी पुरुष टी-२० विश्वकप फाइनल एसियामा रजत विजेता राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई जनही १३ लाख नगद रकम प्रदान गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.