बससेवा डटकमले हरेक टिकट बापत एक रुपैयाँ नीलहिरा समाजलाई प्रदान गर्ने
काठमाडौं। नेपालको एक मात्र अनलाइन बससेवा भुक्तानी सेवा प्रदायक बससेवा डटकम र नील हिरा समाज र बीच अनलाइनबाट बुकिङ भएका टिकटहरुमा, एक टिकट बराबर एक रुपैया लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको हितको लागि छुट्याउने सम्झौता भएको छ।
यस सम्झौता पत्रमा नीलहिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकाल र बससेवा डट कमका तर्फबाट बजार ब्यावस्थापक डेनिसजंंग थापाले हस्ताक्षर गरे। उक्त सम्झौता बमोजिम बससेवा डटकमले कुनै पनि ब्याक्तिले काटेको टिकटबाट निलहिरा समाजलाई रु एक रुपैयाका दरले प्रदान गर्नेछ।
सम्झौता अनुसार बससेवा डट कमले आफ्ना सेवाहरुका बारेमा नीलहिरा समाजलाई उल्लेख गर्दै कुनै पनि ब्यक्तिले यात्रा गर्नु परेमा आफ्नो मोबाईलबाट घरमा नै बसेर टिकट काट्न सकिनेछ भने टिकट काट्दा यात्रुहरुले ईसेवा, फोनपे, खल्ती, प्रभुपेलगायत नजिकै रहेका साइबर, मोबाइल बैकिङ र इन्टरनेट बैकिङमार्फत अनलाइन टिकट काट्न सकिने छ।
नीलहिरा समाज (ब्लु डायमण्ड सोसायटी ) नेपालमा सिमान्तकृत यौन अभिमुखिकरण, लैंगिक पहिचान र यौन विशेषताका व्यक्तिहरूमा पनि विशेष गरी तेस्रोलिंगी वर्गको हक अधिकारका निम्ति गैर–सरकारी संस्था हो। विविध लैंगिकता र यौनिकताका व्यक्तिहरू बिरूद्ध विद्यमान कानूनमा परिवर्तनको पक्षमा वकालत गर्न २००१ मा स्थापित भएको संस्था हो।







डिसी नेपाल







Facebook Comment