लुकी फर्गुसनको नयाँ कीर्तिमान: चारै ओभर मेडन

डिसी नेपाल
४ असार २०८१ ७:००
100
Shares

काठमाडौं। टी-२० विश्वकपमा न्यूजिल्यान्डले जितसँगै यात्रा समाप्त गरेको छ। समूह ‘सी’ को अन्तिम खेलमा न्यूजील्याण्डले पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गरेर विश्वकपको यात्रा टुंगाएको छ।

टस हारेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनी १९.४ ओभरमा ७८ रनमा अलआउट भयो। ७९ रनको लक्ष्य न्युजिल्यान्डले १२.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो।

न्यूजील्याण्डका बलर लुकी फर्गुसनले नयाँ कीर्तिमान बनाएका छन्। उनले पपुवा न्युगिनीविरुद्ध ४ ओभरमा शून्य रन दिएर ३ विकेट लिएका थिए। उनले आफ्नो कोटाका सबै चार ओभर मेडन बलिङ गरेर नयाँ कीर्तिमान बनाएका छन्।

उनी टी-२० विश्वकपमा सबै चार ओभर मेडन बलिङ गर्ने पहिलो बलर बनेका छन्। उनले पपुवा न्युगिनीविरुद्ध ४ ओभरमा शून्य रन दिएर ३ विकेट लिएका थिए।

साथै फर्गुसन टी-२० अन्तर्राष्ट्रिय खेलमा सबै मेडन ओभर बलिङ गर्ने भने विश्वकै दोस्रो बलर बनेका छन्। उनीभन्दा अगाडि क्यानडाका साद बिन जफरले पानामाविरुद्धको २०२१ मा खेलेको खेलमा चारै ओभर मेडन गरेर २ विकेट लिएका थिए।

न्यूजील्याण्ड यस विश्वकपमा शुरुका दुवै खेलमा हार बेहोरेपछि विश्वकपको सुपर आठमा पुग्न असफल भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.