रोमानियाको युरोकपमा विजयी शुरुवात

डिसी नेपाल
४ असार २०८१ ७:०२
76
Shares

काठमाडौं। रोमानियाले युरोकपमा विजयी शुरुवात गरेको छ। सोमबार राति सम्पन्न समूह इ अन्तर्गतको खेलमा रोमानियाले युक्रेनलाई ३-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो।

रोमानियाको जितमा निकोला स्टानसिउ, राजभान मारिन र डेनिस ड्रागसले एक एक गोल गरेका थिए। यो जितपछि रोमानियाले समूह इ मा महत्वपूर्ण तीन अंक बटुलेको छ।

अब रोमानियाले अर्को खेल जुन २३ मा बेल्जियमविरुद्ध खेल्ने छ भने युक्रेनले जुन २१ मा स्लोभाकियासँग खेल्ने तालिका रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.