इतिहास रच्दै अफगानिस्तान टि-२० विश्वकपको सेमिफाइनलमा, अष्ट्रेलिया बाहिरियो

डिसी नेपाल
११ असार २०८१ ११:००
228
Shares

काठमाडौं । टि-२० विश्वकपको सुपर ८ को अन्तिम खेलमा बंगलादेशमाथि रोमाञ्चक जित हात पार्दै अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ । यससँगै अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ । अफगानिस्तान कुनै पनि फरम्याटको विश्वकपको सेमिफाइनलमा पुगेको यो पहिलो पटक हो ।

आजको खेल किंग्सटाउनको अर्नोस वेल मैदानमा भएको थियो । खेलमा अफगानिस्तानले बंगलादेशलाई जितका लागि ११४ रनको लक्ष्य दिएको थियो । बंगलादेशले १७.५ ओभरमा १०५ रन बनाउँदा अलआउट भयो ।

अब अफगानिस्तानले सेमिफाइनलमा दक्षिण अफ्रिकाको सामना गर्ने छ । यो खेल विहिबार बिहान ६: १५ बजेदेखि शुरु हुदै छ । त्यस्तै अर्को सेमिफाइनलमा भारत र इङल्याण्ड खेल्ने भएका छन् । यो खेल विहिबार राती ८: १५ बजेदेखि शुरु हुने छ । योसंगै अस्ट्रेलिया र बंगलादेश भने विश्वकपबाट बाहिरिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.