दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा

डिसी नेपाल
१३ असार २०८१ ८:४६
116
Shares

काठमाडौँ । दक्षिण अफ्रिका जारी टी- २० विश्वकपको फाइनलमा पुगेको छ । विहिबार बिहान पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो ।

अफगानिस्तानले दिएको ५७ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरको थियो ।

यस अघि टस जितेर पहिला ब्याटिंग गर्दै अफगानिस्तान ११.५ ओभरमा अल आउट हुँदै ५६ रन मात्र बनएको थियो ।

अब पहिलो पटक विश्वकपको फाइनलमा पुगेको दक्षिण अफ्रीकाले आजै हुने दोस्रो सेमिफाइनलको भारत र इङल्याण्डबीचको विजेतासँग हुने छ । फाइनल खेल आगामी शनिबार हुँदै छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.