राजनीतिक स्थायित्वका लागि ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकारः महासचिव पोखरेल

डिसी नेपाल
१८ असार २०८१ १०:३३
144
Shares

काठमाडौं। नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय सहमतिको सरकार बनाइने बताएका छन्।

महासचिव पाखरेलले संविधनामा आवश्यक संशोधन गरेर राजनीतिक स्थायित्वका लागि राष्ट्रिय सहमतिको सरकारका लागि कांग्रेस एमालेबीच समझदारी भएको बताएका छन्।

पछिल्लो बदलिएको राष्ट्रिय राजनीति र फेरिएको समीकरण बारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले यस प्रक्रियामा सहमत दलहरुलाई सरकारमा सामेल गराउने समेत जानकारी दिएका छन्।

उनले भनेका छन्, ‘राजनीतिक स्थायीत्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरुपका कानून समेत निर्माण गर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतीको सरकार बनाउन नेकपा(एमाले)र नेपाली कांग्रेसका बीचमा समझदारी। यस प्रकृयामा सहमत दलहरुलाई राष्ट्रिय सरकारमा समावेश गरिने।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *