मुकुल ढकालको प्रतिक्रिया-रवि लामिछाने क्लबबाट निस्कासित भएँ

डिसी नेपाल
२५ असार २०८१ १२:५५
104
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कारवाही गरेपछि डा. मुकुल ढकालले आफू रवि लामिछाने क्लबबाट निस्कासित भएको प्रतिक्रिया दिएका छन्।

मंगलबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यको पदबाट हटाउने निर्णय गरेको थियो।

त्यसपछि प्रतिक्रिया दिँदै ढकालले आफू रवि लामिछाने क्लवबाट निस्कासित भएको टिप्पणी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न नरोकिने बताएका छन्। उनले रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प नरोकिने बताएका छन्।

रास्वपाले ढकाललाई पदीय जिम्मेवारीबाट मुक्त गरेपनि साधारण सदस्यबाट भने हटाएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *