सुनको मूल्य अहिलेसम्मकै उच्च
काठमाडौं। आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। सोमबार सुन तोलाको २ सयले बढेर एक लाख ४६ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो सुनको अहिलेसम्मकै सबधिक मूल्य हो।
यस अघि आइतबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार ७ सय रहेको थियो। त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार २ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी आज प्रतितोला १० रुपियाँ बढेर तोलाको १८८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment