ह्वावे नेपालद्वारा सिड्स फर द फ्युचर कार्यक्रमका विजेता घोषणा

डिसी नेपाल
१ साउन २०८१ ११:४५
28
Shares

काठमाडौं। ह्वावे नेपालले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सञ्चालन गरेको सिड्स फर द फ्युचर कार्यक्रमका विजेता घोषणा गरेको छ। सूचना प्रविधिका प्रतिभाहरूको विकाससँगै अन्तर सामाजिक सम्बन्धका निम्ति कार्यक्रमको आयोजना गरिएको हो।

ह्वावेको सिड्स फर द फ्युचर कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको प्रतियोगितामा आवेदन दिएका ३०० विद्यार्थी मध्यबाट ३० जनालाई छनोट गरिएको थियो।

प्रतिष्ठित व्यक्तिहरू सम्मेलित निर्णयकमण्डलले गत आषाढ १७ मा गरेको अन्तिम अन्तर्वार्तामा अन्तिम सुचीमा परेका विद्यार्थीबाट विजेता चयन गरिएको छ। स्वतन्त्र निर्णायक मण्डलमा इन्स्टिच्युट अफ इञ्जिनियरिङका डिन प्रा. डा शशिधर राम जोशी, शिक्षा मन्त्रालयका विज्ञान तथा प्रविधि तर्फका सहसचिव इन्दुविक्रम जोशी, सूचना प्रविधिमा महिलाकी अध्यक्ष गुणकेशरी प्रधान, आइएफएनका सह संस्थापक हेमपाल श्रेष्ठ, युनेस्को नेपालकी डिजिटल मिडिया विज्ञ आकृति खरेल, ह्वावे नेपाल कार्यालयका डेटा सेन्टर विजनेस लिडर रोहित चन्द्र शाह सम्मेलित समूहले विद्यार्थीहरूको ज्ञान र क्षमताको मुल्यांकन गरेका थिए।

विद्यार्थीहरूलाई नेतृत्व क्षमता, शैक्षिक तिक्ष्णता, सञ्चार कौशल, समुहगत सहकार्य, समय अनुकुल परिवर्तन हुन सक्ने तथा लचिलो प्रवृत्तिको समेत मूल्यांकन गरिएको थियो। हौसला, जोश, समस्या समाधानका निम्ति गरिने योगदान, प्राविधिक ज्ञान र सिप, नयाँ सोच सहित सामाजिक जिम्मेवारी लिने, नैतिकता जस्ता शीर्षकलाई छनोटका आधार बनाइएको थियो।

शिर्ष स्थानमा रहन सफल विद्यार्थीहरू आशिष कार्की, एनजीलिना घिमिरे , प्रियाँशु शर्मा , साधना पन्थी , समिप अर्याल र समृद्धि कार्की हुन्। उनीहरूले अब क्षेत्रीय प्रतियोगितामा भाग लिनेछन्। जुन २०८१ को भदौ महिनामा चीनमा आयोजना हुने टेक फर गुडको क्षेत्रीय चरणमा हुनेछ।

अब हुने अन्तिम प्रतियोगितामा विद्यार्थीहरूले आफ्नो समूह विस्तार, स्थानीय तथा अन्तराष्ट्रिय विज्ञहरूबाट थप मार्गदर्शनको अवसर प्राप्त गर्नेछन्। वास्तविक व्यापारका अनुभव पनि कार्यक्रममा समावेश छ।

विजेताहरूले चीनको डिजिटल पृष्ठभूमिको अनुभव गर्ने आकर्षक अवसर प्राप्त गर्नेछन्। चीनको सञ्चार प्रविधि क्षेत्र, उच्च प्रविधि कम्पनी सहित कार्य सञ्चालन विधिबारे अन्तरक्रियाको अवसर विद्यार्थीहरूले पाउनेछन्।

अग्रणी आईसीटी सोलुसन प्रदायक ह्वावे नेपालले विगत २५ वर्षदेखि नेपालमा कनेक्टिभिटी विस्तार गर्दै आएको छ। १९९९ मा स्थापित, कम्पनीले व्यक्ति, व्यवसाय र समुदायलाई सशक्त बनाउन नवीनता, सहयोग र स्थिरतामा ध्यान केन्द्रित गर्दछ।

७० प्रतिशत भन्दा बढी जनसंख्या र ८० लाख भन्दा बढी दैनिक इन्टरनेट प्रयोगकर्ताहरूलाई सेवा प्रदान गर्दै आएको ह्वावे नेपालले स्थानीय रोजगारी सिर्जना र सामुदायिक पहलमार्फत महत्वपूर्ण योगदान पुर्याएको छ।

सन् २०२२ मा बेस्ट ट्याक्स अवार्डबाट सम्मानित ह्वावे नेपाल विपद् राहत, डिजिटल समावेशीकरण र सीड्स फर द फ्युचर जस्ता शैक्षिक कार्यक्रमहरूमा पनि अग्रणी छ, जुन पूर्ण रूपमा कनेक्टेड, इन्टेलिजेन्ट वर्ल्ड सिर्जना गर्न प्रतिबद्ध छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *