तीन अर्ब २१ करोड राजस्व संकलन

डिसी नेपाल
२ साउन २०८१ ७:४४
44
Shares

झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८०/८१ मा रु तीन अर्ब २१ करोड १२ लाख ६७ हजार राजस्व संकलन गरेको छ । कार्यालयले गत असारमा मात्र रु ३० करोड ७१ लाख नौ हजार राजस्व संकलन गरेको हो।

कार्यालयले आव २०७९-८० को तुलनामा १९ करोड ५२ लाख ९१ हजार बढी राजस्व संकलन गरेको छ। गत आवमा रु तीन अर्ब एक करोड ५९ लाख ७६ हजार राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालय भद्रपुरका सूचना अधिकारी भीमप्रसाद आचार्यले जानकारी दिए।

गत आवमा कार्यालयको तीन अर्ब ७९ करोड ७१ लाख राजस्व उठाउने लक्ष्य थियो। तर ८४ दशमलव ५७ प्रतिशतमात्र राजस्व संकलन गर्न सकिएको छ। “देशभर व्यापार–व्यवसायमा गिरावट आउँदा राजस्व संकलनमा कमी आएको हाे”, उनले भने।

आन्तरिक राजस्व कार्यालयले आयकरबाट एक अर्ब ६९ करोड ९४ लाख, भाडा आयकरबाट तीन करोड ६४ लाख, ब्याजबापत ११ करोड ५९ लाख, मूल्य अभिवृद्धि करबापत एक अर्ब २९ करोड पाँच लाख लाख तथा अन्तःशुल्कबापत ६४ करोड ४६ लाख ५५ हजार राजस्व संकलन गरेको सूचना अधिकारी आचार्यले बताए।

जिल्लामा विकास निर्माणका आयोजनामा चालु आवमा कम भुक्तानी हुँदा मूल्य अभिवृद्धिकरबापत हुने आम्दानी घटेको छ। गत आवमा मूल्य अभिवृद्धिकरबापत एक अर्ब ३७ करोड ८८ लाख ९२ हजार राजस्व संकलन भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *