आईएमई लाइफ इन्स्योरेन्सले पायो ‘केयर-एनपी ट्रिपल बि प्लस’ रेटिङ
काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयर-एनपी ट्रिपल बि प्लस’ रेटिङ प्राप्त गरेको छ। रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँछ।
कम्पनीले आफ्ना लगानीकर्ताहरू तथा सम्पूर्ण हितकारीहरुको सुरक्षाको निम्ति आफ्ना जोखिमलाई न्यूनीकरण गर्दै लगेको समेत यस रेटिङले थप पुष्टि गर्ने दाबी गरेको छ। रेटिङ एजेन्सी केयर नेपालले कम्पनीलाई अघिल्लो वर्ष ‘केयर-एनपी ट्रिपल बि’ रेटिङ गरेको थियो।
आर्थिक वर्ष २०८०/ ०८१ को अवधिमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय अवस्था तथा कार्य सञ्चालनमा तुलनात्मक रुपमा दिगोपनको वृद्धिका साथै अन्डरराइटिङ कार्यसम्पादन र लगानीबाट आर्जित नाफाका कारण कम्पनीको रेटिङ परिमार्जन भएको हो।
रेटिङ एजेन्सीले आर्थिक वर्ष २०८०/ ८१ मा हकप्रद तथा सार्वजनिक शेयर जारी गरे पश्चातको कम्पनीको नेट वर्थ को वृद्धिलाई पनि मूल्याङ्कन गरेको छ, जसले गर्दा आ.व. २०८०/८१ को अन्त्यमा लगानी आधारमा वृद्धि र वित्तीय स्वस्थता समाधान प्रोफाइलमा मा सुधार भएको छ। कम्पनीले नियमनकारी निकायले तोकेअनुसार आफ्नो चुक्ता पूँजीलाई ५ अर्ब रुपैयाँ समेत पुर्याएको छ।







डिसी नेपाल







Facebook Comment