फोनमनीले ल्यायो ‘फोनमनी साथमा’ १ करोड हातमा’ योजना
साेल। दक्षिण कोरियामा रहेका नेपालीका लागि डिजाइन गरिएको डिजिटल मनी ट्रान्सफर एप फाेनमनीले उत्साहका साथ आफ्नो नयाँ योजना “फोनमनी साथमा, १ करोड हातमा” सुरु गरेको छ।
यो योजना २१ जुलाई २०२४ बाट सुरु भएर १ जनवरी २०२५ सम्म चल्नेछ। कोरियामा कार्यरत र बसोबास गर्ने नेपालीहरूले फोनमनी एपमार्फत नेपालमा पैसा पठाएर यस योजनामा सहभागी हुन सक्नेछन्।
यो योजना अवधिमा सहभागीहरूले हरेक हप्ता आफ्नो पठाएको रकम दोब्बर गर्ने मौका पाउनेछन्। साथै, योजनाको अन्त्यमा एक भाग्यशाली विजेताले १ करोड कोरियन वन (करिब १० लाख नेपाली रुपैयाँ) को बम्पर पुरस्कार पनि जित्नेछन्।
अभियानका मुख्य विशेषताहरू:
-साप्ताहिक पुरस्कार: हरेक हप्ता, एक सहभागीले आफ्नो पठाएको रकम दोब्बर गर्नेछन्।
-बम्पर पुरस्कार: योजनाको अन्त्यमा, एक भाग्यशाली विजेताले १ करोड कोरियन वनको (Won) पुरस्कार जित्नेछन्।
योग्यता र सहभागिता:
हाम्रो यस योजनामा सहभागी हुनको लागि मात्र फोनमनी एप प्रयोग गरी नेपालमा आफ्नो परिवार र साथीहरूलाई पैसा पठाउनुहोस् र तपाईं विजेता हुनको लागि योग्य हुनुहुनेछ। फोनमनी मार्फत हरेक ट्रान्सफरमा 0% सेवा शुल्क र सबैभन्दा राम्रो रेट उपलब्ध हुनेछ, साप्ताहिक र भव्य पुरस्कार जित्ने अवसरको साथमा।
फोनमनीका मार्केटिङ म्यानेजर राजन अधिकारीले भने, “हामी कोरियामा रहेका नेपाली समुदायलाई भरपर्दो, किफायती र पुरस्कारदायी तरिकाले पैसा पठाउन सहयोग गर्न प्रतिबद्ध छौं। ‘फोनमनी साथमा, १ करोड हातमा’ हाम्रो प्रयोगकर्तालाई धन्यवाद दिन र उनीहरूको वित्तीय लेनदेनलाई अझै पुरस्कारदायी बनाउनको लागि हाम्रो प्रयास हो।”
फोनमनीको बारेमा:
फोनमनी कोरियामा रहेका नेपालीहरूको लागि सबैभन्दा राम्रो डिजिटल रेमिट्यान्स सेवा प्रदान गर्न प्रतिबद्ध छ। हरेक ट्रान्सफरमा 0% सेवा शुल्क, उत्कृष्ट दरहरू र विभिन्न ट्रान्सफर मध्यमहरू (eSewa Wallet, बैंक, र नगद) सहित, फोनमनी एपले पैसा घर पठाउनका लागि सहज, सुरक्षित, र किफायती तरिका प्रदान गर्दछ, जसले गर्दा तपाईंको कमाईको धेरै हिस्सा तपाईंको प्रियजनहरूमा पुग्छ।







डिसी नेपाल







Facebook Comment