सपोर्ट माइक्रोफाइनान्सको बढ्यो नाफा

डिसी नेपाल
१० साउन २०८१ ११:२३
20
Shares

काठमाडौं। सपोर्ट माइक्रोफाइनान्सको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा खुद नाफा बढेको छ।

यसअवधिमा खुद नाफा ७५.०३ प्रतिशतले बढेर २ करोड ३८ लाख ४३ हजार रुपैयाँ पुगेको हो। खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा खुद नाफा बढेको हो। साथै, संभावित जोखिम बापतको रकम कम छुट्याउन पर्दा नाफामा टेवा पुगेको हो।

यसअवधिमा खुद ब्याज आम्दानी १८.९१ प्रतिशतले बढेर ८ करोड २९ लाख ९९ हजार रुपैयाँ पुगेको छ। सञ्चालन नाफा १९४.३८ प्रतिशतले बढेर २ करोड ९७ लाख ९१ हजार रुपैयाँ पुगेको छ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ३६ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। आघिल्लो वर्ष ३५ लाख ५७ हजार रुपैयाँ रहेको संभावित जोखिम वापतको रकम असार मसान्तमा ९ लाख ७३ हजार रुपैयाँमा आएको छ।

गत असार मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी १० करोड ७६ लाख रुपैयाँ छ । नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८६ पैसाले बढेर २२ रुपैयाँ १६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ५५ पैसा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *