केवलकारको निर्माणाधीन भवनबाट खसेर मजदुरको मृत्यु

डिसी नेपाल
१८ साउन २०८१ १८:५८
76
Shares

मध्यविन्दु। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रहेको मौलाकाली केवलकारको निर्माणाधीन भवनबाट खसेर एक मजदुरको मृत्यु भएको छ।

गैँडाकोट नगरपालिका–१ स्थित मौलाकालिका मन्दिर नजिकै रहेको मौलाकाली केवलकार प्रालिको टप स्टेशनमा रहेको निर्माणाधीन भवनको चौथो तल्लाबाट खसेर मजदुरको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रहरी निरीक्षक सुदीप भण्डारीका अनुसार बारा जिल्ला जीतपुर सिमरा उपमहानगरपालिका–२० बस्ने वर्ष २५ का गोरख राउत कुर्मीको खसेर मृत्यु भएको हो।

दुर्घटना गए राति भएको भए पनि आज त्यहाँ कार्यरत अन्य कर्मचारीले देखेपछि प्रहरीलाई खबर गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.