सुनको मूल्य घट्यो
काठमाडौं। आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।
आइतबार सुन तोलाको २ सयले घटेर एक लाख ४९ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस अघि शुक्रबार सुनको मूल्य तोलाको १ लाख ४९ हजार ९ सय रहेको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ ।
चाँदी आज प्रतितोला १० रुपियाँले घटेर तोलाको १९८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment