बागलुङमा पहिरोमा परी घाइते भएकाको उद्धारका लागि आएको हेलिकप्टर गन्तव्यमा पुग्न सकेन

डिसी नेपाल
२२ साउन २०८१ १९:४३
84
Shares

गलकोट। पहिरोमा परेर गम्भीर घाइते भएकाको उद्धारका लागि काठमाडौंबाट झिकाएको नेपाली सेनाको हेलिकप्टर गन्तव्यमा पुग्न नसकी बागलुङ बजारमा अवतरण गरेको छ।

बडिगाड गाउँपालिका–१० आरुपाटाको पहिरोमा परेर गम्भीर घाइते भएकाको उद्धारका लागि आएको हेलिकप्टर पटकपटक प्रयास गर्दा पनि मौसमका कारण बडिगाडमा अवतरण हुन सकेन।

कुहिरो, हाइटेन्सन लाइन र नखुलेको मौसमका कारण हेलिकप्टर बागलुङमै अवतरण गर्नु परेको श्री नम्बर २३ बाहिनी अड्डा बागलुङका प्रमुख कर्नेल शीतल बानियाँले जानकारी दिए। पहिरोमा परी १० जना घाइते भएका थिए।

पहिरोमा परेर बडिगाड गाउँपालिका–१० बस्ने वर्ष २६ को ओमप्रकाश पुन, वर्ष ४६ की सङ्गीता बुढा, वर्ष २३ का सिर्जना विक, वर्ष ४३ को मङ्गलसेन बुढा, वर्ष १९ की रिमा पुन, वर्ष ६० की सुमित्रा विक, वर्ष ७८ को जोगबहादुर बुढा, वर्ष ५१ को शशिराम विक, वर्ष ९ को ज्ञाने बुढा र वर्ष ३१ की सीता थापा घाइते भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.