नेपाल माइक्रो इन्स्योरेन्सले आइपीओ जारी गर्दै

डिसी नेपाल
२३ साउन २०८१ ७:५९
56
Shares

काठमाडौं। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर जारी गर्ने भएको छ। कम्पनीले जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२,५०,००,००० रुपैयाँ रकम बराबरको कूल २२,५०,००० कित्ता साधारण शेयरहरु प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ दरमा सर्वसाधारणहरुमा निष्कासन भएको हो । २०८१ श्रावण २१ गते धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको कार्य गर्न एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरि सम्झौता गरिएको छ।

न्यून आय भएका एवं पिछडिएका क्षेत्रका वासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु बीमा सेवा पुर्याउने लक्ष्य लिई यस नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी २०७९ चैत २७ गतेमा निर्जीवन लघु बीमाको इजाजत पत्र प्राप्त गरी लघु निर्जीवन बीमा कम्पनीको हैसियतले २०८० बैशाख २६ गतेदेखि लघु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आईरहेको छ। उक्त सम्झौतापत्रमा निष्कासन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरिएको छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *