इसेवा एप गुगल प्ले स्टोरमा पुनः उपलब्ध

डिसी नेपाल
२४ साउन २०८१ १४:२०

काठमाडौं। विगत केही वर्षयता गुगलले प्रयोगकर्ताहरूकोसुरक्षा र अनुभवमा सुधार ल्याउको लागि नयाँ नीति जारी गरेको छ।

उक्त नीति अनुरूप डेभलपरले उपलब्ध गराएको विवरण र अकाउन्टमा कुनै भिन्नता देखिए गुगलले प्ले स्टोरबाट डेभलपर प्रोफाइल र त्यसमा रहेका एपहरु हटाउने गर्दै आइरहेको छ । गुगल प्ले स्टोरमा एप पब्लिस गर्ने सबैले आफ्नो अकाउन्ट भेरिफाइ गर्नुपर्ने हुन्छ।

इसेवाको हकमा भने अकाउन्ट इसेवा प्राइभेट लिमिटेडको नामलेभेरिफाइडरहेको थियो तर केही समय अगाडि कम्पनी प्राइभेट लिमिटेडबाट लिमिटेडमा परिवर्तन भएको हुनाले गुगल प्ले स्टोरमा नाम परिवर्तन हुने क्रममा रहेको थियो ।

इसेवाकोस्थापना भएको बेला गुगल डेभलपर अकाउन्ट बनाउँदा कम्पनी प्रा।लि।रहेको थियो । गत वैशाख २८, २०८१ देखि भने कम्पनी लिमिटेडमा रूपान्तरण भएकोले यही नाम परिवर्तनको मामिलालेइसेवाकोबिजनेस भेरिफिकेसनमा कठिनाइ उत्पन्न भएको थियो ।

गुगलले बिजनेस तथा संस्था भेरिफाइ गर्न डुन्स(DUNS) नम्बर प्रयोग गर्छ, जुनडुनएन्डब्राडस्ट्रिटनामक अमेरिकन कम्पनीले उपलब्ध गराउँछ। नाम परिवर्तन प्रक्रिया भइरहँदा गुगलको सिस्टममा भएको र डुन्स नम्बरमा भएको विवरण भिन्न देखिएकोले गुगलले प्ले स्टोरमा अस्थाई समयको लागि अनुपलब्ध गराएको थियो । अहिले सो प्रक्रिया पूरा भइसकेकोले इसेवा पुनः प्ले स्टोरमा उपलब्ध भइसेकेको छ ।

कुनै पनि एपको विवरण परिवर्तनहुँदागुगल अन्तर्गत पूरा गर्नुपर्नेप्रक्रियाहरूसम्पन्न गर्दा अस्थाई रुपमा आउन सक्ने यो एक सामान्य प्रक्रिया मात्र हो । यसै अन्तर्गतइसेवापनि गुगल र DUNS को कार्य प्रक्रिया भइरहँदा गुगल प्ले स्टोरमा अनुपलब्ध रहेको थियो भने यो कुनै सुरक्षा कमजोरी वा सुरक्षा सम्बन्धी समस्याले भएको हैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *