महानगरको कार्यक्रममा राखिएको मिनरल वाटरको बोटलभित्र किरा भेटिएपछि…

डिसी नेपाल
२५ साउन २०८१ १७:४३
136
Shares

काठमाडौं। काठमाडौंको अनामनगरमा रहेको किम्चि फास्टफुडमा मिनरल वाटरको बोतलभित्र किरा भेटिएको छ।

काठमाडौं महानगरको कानून तथा मानव अधिकार विभागले किम्चि फास्टफुडमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमका सहभागीले पानी खान खोज्दा मिनरल वाटरको बोटलभित्र किरा भेटिएको हो। उक्त मिनरल वाटरको बोतलमा किम्चि फास्टफुड लेबल टाँसिएको छ।

महानगरकै कार्यक्रममा राखिएको मिनरल वाटरको बोतलमा किरा भेटिएपछि महानगरको खाद्य प्राविधिक सहित नगर प्रहरीलाई बोलाइएको थियो । महानगरको टोलीले उक्त बोतल सिल गरि महानगर लगेको छ। महानगरका खाद्य प्राविधिक अशोक पराजुलीले मिनरल वाटरको बोतलभित्र लार्भा जस्तो देखिने किरा भेटिएको पुष्टि भएको बताए।

उनले उक्त बोतल महानगरमा लगेर परिक्षण गर्ने र किम्चि फास्टफुड संचालकलाई स्पष्टीकरण सोधि आवश्यक कारबाही हुने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.