मुलुकमा रोजगारीका अवसर नभएकाले युवाहरु बाहिर जाने अवस्था भयोः शिक्षामन्त्री भट्टराई

डिसी नेपाल
२६ साउन २०८१ १५:१७
104
Shares

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले मुलुकमा रोजगारीका अवसर प्राप्त नभएकाले युवाहरु पढ्नका लागि देशबाहिर जाने अवस्था सिर्जना भएको बताएकी छिन्।

शनिबार काठमाडौंमा त्रिभुवन विश्वविद्यालय एलुम्नाई एशोसिएशन नेपालको ५ औं साधारण सभा उद्घाटन गर्दै मन्त्री भट्टराईले विद्यार्थीहरु पठ्नका लागि बाहिरिनुको कारण मुलुकको शैक्षिक प्रणाली वा विश्वविद्यालयमात्रै नभइ ज्ञान पछिको रोजगारीको अवसर प्राप्त हुन नसक्ने देखेर उनीहरु देशबाहिर जाने परिस्थीति सिर्जना भएको बताएकी हुन्।

उनले राजनीतिक अस्थीरताका कारण देशमा केहि हुदैन भन्ने भाष्यका कारण पनि विद्यार्थीहरु बाहिरिरहेको जिकिर गरिन्। मन्त्री भट्टराईले शिक्षालाई मजबुद बनाउन विश्वविद्यालय तयार छ भन्ने प्रमाणीत गर्न सबै सरोकारवाला गम्भीर भएर लाग्नुपर्ने धारणा राखिन्।

विश्वविद्यालयमा राजनीतिक हस्तक्षेपकारी नीतिले शैक्षिक संस्थाहरु दुर्वल हुदै गएको उनको भनाइ छ । उनले विद्यालय शिक्षा ऐन बनाइरहदा शैक्षिक पाठ्यक्रम लगाएतका बिषयमा धेरै काम गर्न बाँकी रहेको बताइन्।

कार्यक्रममा बिभिन्न क्षेत्रमा बिज्ञता हासिल गरेका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.