युरिक एसिड बढ्यो? आफ्नो आहारमा यी चीजहरू समावेश गर्नुहोस्

डिसी नेपाल
२७ साउन २०८१ १४:३७
220
Shares

काठमाडौं। युरिक एसिडको बढ्दो मात्रालाई समयमै नियन्त्रण गर्नु धेरै महत्त्वपूर्ण हुन्छ। केही प्राकृतिक चीजहरूलाई आफ्नो आहारको हिस्सा बनाएर यस समस्यालाई हटाउन सक्नुहुन्छ।

उच्च युरिक एसिड नियन्त्रण गर्न केही घरेलु उपचारमा विश्वास गर्न सकिन्छ। आउनुहोस् जानौं केही यस्ता प्राकृतिक उपायहरू जुन शरीरबाट युरिक एसिड हटाउन निकै उपयोगी साबित हुन सक्छ।

ज्वानो– ज्वानोमा पाइने सबै पौष्टिक तत्वहरूले तपाईंको उच्च यूरिक एसिड स्तर कम गर्न प्रभावकारी साबित हुन सक्छ। तपाईं कुनै पनि खाना पकाउँदा ज्वानो प्रयोग गर्न सक्नुहुन्छ। हजुरआमाको पालादेखि प्रयोग हुने यो मसला स्वास्थ्यका लागि वरदान मानिन्छ ।

कागती पानी– युरिक एसिड बढेको कम गर्न कागती पानी लाभदायी साबित हुन्छ । बिहान सबेरै उठेपछि कागती पानी पिउन सुरु गर्नुपर्छ । राम्रो नतिजा प्राप्त गर्न एक गिलास मनतातो पानीमा भिटामिन सी युक्त कागती निचोरेर पिउनुहोस् र केही हप्तामै सकारात्मक नतिजा देख्नुहोस्।

बेथु साग तपाईंले आफ्नो आहारमा बेथु साग समावेश गरेर उच्च यूरिक एसिड स्तर धेरै हदसम्म नियन्त्रण गर्न सक्नुहुन्छ। यसका लागि बेथुको पातको रस निकाल्नुपर्छ। बिहान सबेरै खाली पेटमा यो प्राकृतिक पेय पिउन सुरु गर्नुहोस्। ख्याल राख्नुहोस् जुस पिएपछि करिब दुई घण्टासम्म केही पनि खानु हुँदैन। एक हप्ता भित्रमा तपाईले यो घरेलु उपायको प्रभाव देख्न सुरु गर्नुहुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.