निगमले घटायो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

डिसी नेपाल
३१ साउन २०८१ २०:३५
288
Shares

काठमाडौं। नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ।

निगमको बिहिबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो। घटेको मुल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ।

निगमले भारतबाट आएको नयाँ मुल्य सूचीमा पेट्रोल प्रतिलिटर ५ र डिजल तथा मट्टीतेल प्रतिलिटर २ रुपैयाँ ९६ पैसाले घटेर आएको जनाएको छ।

नयाँ मुल्य अनुसार अब काठमाडौंमा पेट्रोलको प्रति लिटर १६५ र डिजल तथा मट्टीतेलको प्रति लिटर १५५ रुपैयाँ पर्ने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.