गोलकिपर अञ्जिला युरोपियन लिगमा आवद्ध

डिसी नेपाल
१८ भदौ २०८१ ११:३१
140
Shares

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा युरोपियन लिग खेल्ने भएकी छन्।

सुब्बाले ग्रीसको महिला सुपर लिग क्लब निस एट्रोमिटोउबाट खेल्न लागेकी हुन्। क्लबसँग एक वर्षको सम्झौता गरेकी छन्। ग्रीसको महिला सुपर लिगको नयाँ सिजन सेप्टेम्बर २९ बाट सुरु हुँदै छ। उनले यसअघि भारत र पाकिस्तानमा लिग खेलेकी सकेकी छन्।

यो सँगै युरोपमा व्यवसायिक फुटबल खेल्ने सुब्बा दोस्रो खेलाडी बनेकी छन्। राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बा गत बर्षदेखि फ्रान्सको शीर्ष डिभिजनको क्लब ग्वेङगाम्पबाट खेल्दैछिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.