सुनको मूल्य बढ्यो,

डिसी नेपाल
२५ भदौ २०८१ ११:१०

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन तोलामा दुई सय रुपैयाँले बढेको हो।

यस अघि सोमबार १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा १० रुपैयाँले बढेर १७६५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *