काभा महिला भलिबलमा पुलिसले ताजकिस्तानको डाइमेडलाई हरायो

डिसी नेपाल
१ असोज २०८१ २०:३६
120
Shares

काठमाडौं। माल्दिभ्समा जारी काभा महिला भलिबल क्लब च्याम्पियनसिप प्रतियोगितामा नेपाल पुलिस क्लबले ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित निकालेको थियो।

माल्दिभ्सको मालेमा आज भएको खेलमा पुलिसले ताजकिस्तानको डाइमेडमाथि ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो। पुलिसले यसअघि पहिलो खेलमा उज्वेकिस्तानको हुमो क्लब र दोस्रो खेलमा श्रीलंकाको श्रीलङ्कन एयर फोर्सलाई समान ३–० को सेटमा नै पराजित गरेको थियो।

आजको खेलमा पुलिसले पहिलो सेट २५–१५ ले जित्यो भने खेलको दोस्रो सेट २५–१२ ले आफ्नो पक्षमा पार्‍यो। त्यसैगरी खेलको तेस्रो सेट २५–१५ ले जित्यो। यस जितसँगै पुलिसले ९ अंक जोडेको छ।

नेपालको लिगको विजेताका रुपमा पुलिसले क्लब च्याम्पियनसिपमा भाग लिएको हो। उक्त प्रतियोगिताअन्तर्गत पुलिसले यही असोज ३ गते माल्दिभ्सको क्लबसँग खेल्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.