कविता : लाससँग साटेको रेमिटेन्सले बन्छ देश ?

सुशील लामा
३ असोज २०८१ १५:०३
152
Shares

दैनिक-
हजारौं युवायुवती लागेर लर्को
त्रिभुवन अन्तर्राष्ट्रिय हवाई अड्डाको गेट नाघेर
आकाश बाटो हुँदै
परदेशी भूमिमा आफूले आफैंलाई खपत गर्दै गरेको
सत्यता दिनको घाम जस्तै छर्लङ छ ।
उनी अर्थात जीवन-
थुप्रै  वसन्तहरू पराईको माटोमा रगतपसिना खर्चँदै
जिन्दगी जित्न तम्सेको जीवन
टारेर टार्न नसकिने
मृत्यु सँग छिट्टै हारेर
अल्पायु मै
अनकन्टार अरुको बिरानो ठाउँबाट
रातो बाकास बनी फर्केको छ।
नछुटिने किरिया खाएका जोई
विधुवा बनेको छ।
डाँडा पारि पुगेको बुडो घाम जस्तै
बा-आमा को काख मात्रै रित्तेको छैन
बुढेसकालको सहारा छुटेको छ-
अवोध बालक जस्ले बाउ चिन्नुको अगावै
उनको नाउमा
टुहुरा उपनाम थपेको छ।
के यसरी मृत्युसँग साटेको मुद्राले देश बन्छ ?

°°°°°

छुटेर जाने मन नहुँदा-नहुँदै
छुटेर टाढा गएका जिन्दगी
आउने सम्झना हरुको प्याला पिउदा-पिउँदै
बा-आमाको सपनाहरू सम्झेर
अर्धाङ्गिनीको रहरहरु गुथेर
टुकुटुकु हिँड्ने बालक छोराछोरीको भविष्य
सुनिश्चित गर्ने तयारीमा
घर छोडेर परदेश निस्केको लाखौं छोराछोरी
सरदर दैनिक चार वटा नबोल्ने
निर्जीव रातो बाकास बनेर फर्कँदैछ
देश चलाउने डाडू-पन्यू हातमा बोकेका
बोक्रे स्वाभिमान धारीहरु
बेरुजु बहिखाता नियाल्दै
अर्थ ब्यवस्थामा रेमिटेन्सको हिसाब-किताब गर्दैछ ।
के यसरी लाससँग साटेको
रेमिटेन्स ले देशको मुहार फेर्छ ?

°°°°°°°

छोडेर जाने फर्किनु भनेको
उँधो बगेको खोला उँभो फर्किनु जस्तै हुँदोरहेछ।
वाफ, बादल अनि बर्षा
बिज्ञानमा मात्रै चक्दो रहेछ।
गएकाहरु फर्कने भनेको-
सपनाहरूमा मात्रै रहेछ ।
बिर्सन लागेको धमिलो सम्झना
खाटा बस्न लागेको नमिठो घाऊ
फुँङ्ग रंग उडेको श्याम-श्वेत तस्बिर
मात्रै बाँकी छ।
जीवन जित्न घरदैलो देखि निस्केको जिन्दगी
सम्झना बनेर बाँच्दैछ ,
सपना भरी के-के बोलेर
त्यसै-त्यसै झग-झगाई दिन्छ ।
उनी कल्पनाको बगैंचा भरी फूल बनी फुल्छ
मदहोश सरकारी भवँराहरु
आश्वासन को रंग छर्दैं
उनकै वरिपरि फनफनी उडिरहेको हुन्छ।
सपनाहरु देख्दै गरेको
फगत कोरा कल्पनामा
उनी गएदेखि
उनाका आफ्ना हरुको विपना भरी
दुखद वियोगान्त कथा बनेको छ
थुप्रै परिवारलाई
वियोगान्त बियोगमा चुर्लुम्म डुबाएर
उनले अर्थात उनी जस्तै हरुले पठाएको
रेमिटेन्समा ठूला-ठूला बिकासको
बिराट सपनाहरू देख्दैछ ।
ठूला-ठूला महमा बस्ने ठूला नेताले
श्रम शक्ति निर्यात गरेर
आयात भएको रेमिटेन्सले दीर्घकालीन
देश-बिकास के संभव होला र ?

पाँचखाल,काभ्रेपलान्चोक
हाल-लिमासोल,साइप्रस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.