प्रधानमन्त्री ‘फ्युचर फर समिट’मा सहभागी

डिसी नेपाल
६ असोज २०८१ २१:०८
164
Shares

वासिंटन डिसी। संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली ‘फ्युचर फर समिट’को उद्घाटन समारोहमा सहभागी भएका छन्।

केहीबेर अघि प्रारम्भ भएको उक्त समिटमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, परराष्ट्र सचिव सेवा लम्साललगायत प्रतिनिधिमण्डलका अन्य सदस्य सहभागी छन्। प्रधानमन्त्री ओलीले आजै समिट फर फ्युचरलाई सम्बोधन गर्ने कार्यक्रम छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *