साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको लागि खेलाडी छनोट

डिसी नेपाल
८ असोज २०८१ १८:२३
108
Shares

काठमाडौं। घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि प्रारम्भिक चरणमा ४० खेलाडी छनोट भएका छन्।

आगामी कात्तिक १ देखि १४ गतेसम्म हुने उक्त प्रतियोगिताको लागि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले आज खेलाडी छनोट गरेका हुन्। उहाँले राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडीबाहेक राजधानीमा जारी एन्फा महिला लिग प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका खेलाडीलाई समेट्दै ४० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाए।

छनोट हुने नेपाली टोलीमा अञ्जली तुम्बापो सुब्बा, अन्जना रानामगर, उसा नाथ, गीता राना, अमृता जैसि, समीक्षा घिमिरे, नीसा थोकर, पुजा राणा, विमला विक, हिराकुमारी भुजेल, प्रतीक्षा चौधरी, रेणुका नगरकोटी, प्रीति राई, सरु लिम्बु र दीपा शाही छन्।

त्यसैगरी सविता रानामगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, अनिता केसी, चन्द्रा भण्डारी, सरस्वती हमाल, तुलसा बोहरा, भूमिका बुढाथोकी, ममता पुन, यशोदा शाही, अञ्जली माचामसी, सुष्मा तामाङ, सुक्रिया मिया, सजिना कोइराला, नेहाकुमारी चौधरी, सजनी थोकर, अनिता लामगेल, लिला जोशी, सुशीला चौधरी, कुस्मा राई र सुनिता भुलन छनोटमा परेका छन्।

उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ। नेपालको समूहमा श्रीलंका, माल्दिभ्स र भुटान रहेका छन्। त्यसैगरी समूह ‘ए’ मा भारत, बंगलादेश र पाकिस्तान छन्। उक्त प्रतियोगिताको खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मैदानमा हुनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.