एभरेष्ट महिला भलिबल लिग: कर्णालीको विजयी शुरुवात

डिसी नेपाल
१४ असोज २०८१ २१:२७
108
Shares

काठमाडौं। एभरेष्ट महिला भलिबल लिगमा कर्णाली यशविसले मधेश युनाइटेडलाई पराजित गरेको छ।

सोमबार सम्पन्न दोस्रो खेलमा कर्णालीले मधेशलाई ३–१ सेटले पराजित गरेको हो।

कर्णालीले पहिलो सेट २५–१५ र दोस्रो सेट २५–२० ले जितेको थियो भने मधेशले तेस्रो सेट २८–२६ ले जितेको थियो। त्यस्तै चौथो सेट कर्णालीले २५–११ ले जितेर खेल आफ्नो पक्षमा पारेको थियो।

यस अघि आजै सम्पन्न पहिलो खेलमा ललितपुरले काठमाडौंलाई पराजित गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.