मार्फामा कार र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु

डिसी नेपाल
२९ असोज २०८१ २१:५८
88
Shares

बलेवा। मुस्ताङको थासाङ गाउँपालिका–२ मार्फा नजिकै थालेखोलामा कार र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ।

पोखराबाट लोमान्थाङतर्फ गइरहेको बा१प ४२१० नम्बरको मोटरसाइकल र जोमसोमबाट पोखरातर्फ जाँदै गरेको ना१च ७६९२ नम्बरको कार एकआपसमा ठोकिएका हुन्। दुर्घटनामा मोटरसाइकल चालक गोरखाको आरुचनौटेका ३३ वर्षीय सञ्जय खड्काको मृत्यु भएको मुुस्ताङका प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले जानकारी दिए।

दुर्घटनाको कारण भने खुलेको छैन। कार र मोटरसाइकल ठोकिँदा घाइते भएका खड्कालाई जिल्ला अस्पताल मुस्ताङ पुर्‍याइएको थियो। अस्पतालले उनलाई तत्कालै मृत घोषणा गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.