रविलाई विष्णु रिजालको जवाफ- सरकार मरेको होइन, सक्रिय भएको हो

डिसी नेपाल
२ कार्तिक २०८१ १८:१९
680
Shares

काठमाडौं। नेकपा एमालेका नेता विष्णु रिजालले रवि लामिछानेलाई जवाफ दिँदै सरकार मरेको नभएर सक्रिय भएको बताएका छन्।

लामिछानेले आफुविरुद्ध पक्राउ पुर्जी जारी भएपछि सामाजिक सञ्जालमा सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध निशाना साधेका थिए।

त्यसको जवाफमा रिजालले रवि लामिछानेलाई पक्राउ गर्न पूर्जी जारी हुनु कानुनले आफ्नो बाटो लिएको रुपमा टिप्पणी गर्दै कानुनलाई सघाएर ६५ करोडको जवाफ दिन सुझाव दिएका छन्।

उनले भनेका छन्-

रवि लामिछानेलाई पक्राउ गर्न पूर्जी जारी हुनु न खुसीको कुरा हो न दुःखको । कानुनले आफ्नो बाटो लिन्छ, लिनुपर्छ । गृहमन्त्री भइसकेका कृष्णबहादुर महरा, बालकृष्ण खाँडहरू आफ्नै पार्टीको सरकार भएको बेला पक्राउ पर्दा आकाश खसेन, राजनीतिक प्रतिशोध भएन । रविजी पक्राउ पर्दा चाहिँ के आकाश खस्छ? कानुनलाई सघाउनूस्, ६५ करोड बारे जवाफ दिनूस्, अदालतले न्याय दिइहाल्छ नि !




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *