सत्ता साझेदार दलहरुको बैठक बस्दै

डिसी नेपाल
९ कार्तिक २०८१ ९:५१
152
Shares

काठमाडौं। आज सत्ता समीकरणमा रहेका दलको बैठक बस्ने भएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपरान्ह ३ बजे सत्ता समीकरणमा रहेका दलहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो।

बैठकमा वर्तमान राजनीतिक घटनाक्रम, सरकारका काम प्रभावकारी बनाउने लगायतका विषयमा छलफल हुने बताइएको छ।

सत्ता समीकरणमा कांग्रेस, एमालेसहित, जसपा, जसपा नेपाल, लोसपा, नाउपालगायतका दलहरु रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *