सुनको मूल्य कति पुग्यो ?
काठमाडौं। आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन विहिबारकै तोलाको एक लाख ६६ हजारमाइ कारोबार भएको छ।
यसअघि बिहीबार सुन तोलाको एक लाख ६६ हजारमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ।
आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर २०७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment