फिल्म ‘तेल भिसा’ को ट्रेलर सार्वजनिक

डिसी नेपाल
२३ कार्तिक २०८१ १८:५०
216
Shares

काठमाडौं। शंकर घिमिरेको लेखन तथा निर्देशनमा मा तयार भएको फिल्म ‘तेल भिसा’ को ट्रेलर सार्वजनिक गरिएको छ। फिल्मका मुख्य कलाकारहरू विपिन कार्की, वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ र सुचित्रा उप्रेती प्रस्तुत गरिएको छ।

विपिन बुबा र छोराको गरी दोहोरो भूमिकामा छन्। फिल्म विदेश रहेका छोराको सन्तान हुन लागेपछि नेपालबाट आमा अमेरिका पुगेपछिको अवस्थालाई फिल्ममा देखाइएको छ।

आगामी मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्ममा अनिल पाण्डे र शिवराज कार्की निर्माता तथा प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्मातामा छन्। फिल्ममा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्वाजको संगीत, विजय बस्यालको पोस्टर डिजाइन तथा अजय खड्काको सम्पादन छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.