एभरेष्ट बैंक र एनसीएचएलबीच अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता

डिसी नेपाल
२५ कार्तिक २०८१ १८:०४
28
Shares

काठमाडाैं। एभरेष्ट बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच Alipay+ को नेटवर्कमा रहेका सदस्य वालेटहरु मार्फत NEPALPAY मर्चेन्टहरुका qr मा अन्तरदेशीय भुक्तानी गर्नका लागि सम्झौता भएको छ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन्। यस सम्झौता अन्तर्गत नेपालमा रहेका NEPALPAY QR तथा यसका interoperable QR को मर्चेन्ट qr मा Alipay+को नेटवर्कमार्फत् भुक्तानी गर्न सकिने छ।

चाइना, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, साउथ कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरुले आनो डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका NEPALPAY QR तथा यसका interoperable QR मा सजिलै भुक्तानी गर्न सक्नेछन्।

Alipay+ को नेटवर्कमा ६६ वटा विभिन्न ग्लोबल मार्केट अन्तर्गत ३० भन्दा बढि इसुइङ्ग उपकरण, ३०० भन्दा बढि acquiring network, ९ करोड भन्दा बढि ग्लोबल मर्चेन्टहरु आबद्ध रहेका छन् । Alipay+ को नेटवर्कमा Alipay China, OCBC, Changipay,Gcash, AlipayHK, Hipay, KakaoPay, TossPay, NaverPay, TnGD, PBB, TrueMoney, Mpay, Tinaba मार्फत् अन्तरदेशीय भुक्तानीहरु गर्न सकिने व्यवस्था रहेको छ।

एनसीएचएलले Alipay+ सँग International Payment Partner का रुपमा आबद्ध भई दुइ नेटवर्कबीच भुक्तानी सुचारु गर्नका निम्ति आवश्यक व्यवस्था मिलाइसकेको छ । यस पहल अनुरुप अब एभरेष्ट बैंक सँग सो भुक्तानी सेवा कार्यान्वयन गर्नका निम्ति सम्झौता भएको हो ।

नेशनल पेमेन्ट स्वीच अन्तर्गतको NepalQR मापदण्ड कार्यान्वयन गर्न, NEPALPAY QR एक स्वतन्त्र qr स्किमको रुपमा सञ्चालन हुनुको साथै मर्चेन्ट तथा नेटवर्क लेभलको अन्तरआबद्धता कायम गर्न स्थापना भएको पूर्वधार हो । हाल NEPALPAY QR को नेटवर्क मा ८५०,००० भन्दा बढि Interoperable QR समेतका) मर्चेन्टहरु आबद्ध रहेका छन् ।

एभरेष्ट बैंकले आफ्ना ३९,१६७ डिलिभरी च्यानलहरु, नेपालमा रहेका १०,०९८ शाखाहरु, नेपालबाहिर रहेका २ वटा शाखा, १३,३५० एटिएमहरु तथा १५,७१९ बिजिनेस करेस्पोन्डेन्टहरु मार्फत आफ्ना१४ लाखग्राहकहरुलाई सेवाप्रदानगर्दै आएको छ । बैंकले NEPALPAY QR २३ हजार भन्दा बढि मर्चेन्टहरु आबद्ध गरिसकेको छ।

थप जानकारीको लागि www.nchl.com.np वा www.everestbankltd.com मा जानुहोस् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *