ताजिकिस्तानसँग नेपाल पराजित

डिसी नेपाल
२८ कार्तिक २०८१ २१:५३
192
Shares

काठमाडौं। नेपाल ताजिकिस्तानसँग पराजित भएको छ। ताजिकिस्तानको डुशानबे सेन्ट्रल स्टेडियममा मैत्रीपूर्ण फुटबल खेलमा नेपाल ताजिकिस्तानसँग ४–० गोल अन्तरले पराजित भएको हो।

नेपालले पहिलो हाफमा ३ गोल खाएको थियो भने दोस्रो हाफमा एक गोल खाएको थियो।

अब नेपालले यसै मैदानमा आगामी शनिबार अफगानिस्तानविरुद्ध पनि मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ।

फिफा वरियता १५१औं स्थानमा रहेको अफगानिस्तानसँग नेपालले अहिलेसम्म ६ खेल खेलेको छ। जसमा ३ खेलमा जित हासिल गरेको छ, २ बराबरी खेलेको छ भने एक खेलमा हार ब्यहोरेको छ। २०१३ यता नेपालले अफगानिस्तानसँग पहिलो पटक फुटबल खेल्दै छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.