सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ८३ हजार कित्ता संस्थापक सेयर बिक्री ल्यायो

डिसी नेपाल
४ मंसिर २०८१ १०:३८
140
Shares

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा ल्याएको छ। बैंकले ८३ हजार ७६ कित्ता संस्थापक संस्थापक सेयरधनीहरुको नाममा रहेको र सो सेयरलाई बिक्रीमा ल्याएको हो।

यो सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन्। यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज (मंसिर ४ गते) देखि ७ दिनभित्र बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *