प्रतितोला एक हजारले बढ्यो सुनको मूल्य
काठमाडौं। आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ६४ हजारमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन तोलाको एक लाख ६३ हजारमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment