उपनिर्वाचनको परिणाम २०८४ को निर्वाचनको आधार हो : महामन्त्री शर्मा

डिसी नेपाल
७ मंसिर २०८१ १७:१५
64
Shares

महोत्तरी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अगामी मंसिर १६ गतेको मत परिणाम २०८४ सालको निर्वाचनको आधार बन्ने बताएका छन्। शुक्रबार महोत्तरीको रामगोपालपुरमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै महामन्त्री शर्माले उपनिर्वाचनको परिणम निर्वाचनको आधार बन्ने बताएका हुन्।

उपनिर्वाचनमा समेत कांग्रेस बहुसंख्यक ठाउँमा विजयी हासिल गर्ने छ। जनताको विगतदेखि भविष्यको सहयात्री बनेर सबैमा एकतावद्ध गर्ने पार्टी रहेको छ। नेपाली कांग्रेस टोपी र धोती दुबैलाई मिलाएर अगाडि बढ्ने दल हो। हिमाल, पहाड, मधेसका युवा र वृद्धलाई एक साथ लिएर बढ्ने पार्टी कांग्रेस हो। निर्वाचनमा जात, समुदाय, धर्म नहेरी कांग्रेस मतदान गर्नुपर्छ,’ उनले भने।

रामगोपालपुर-२ मा नेपाली कांग्रेसका मोहम्मद जनिफ खाँसँगै महामन्त्री शर्माले गाउँ घुमेर मत मागेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.