बसर अल-असद पदच्युत भएपछि सिरियाली नागरिकहरू जोर्डन र लेबनानबाट फर्किन थाले

डिसी नेपाल
२४ मंसिर २०८१ १३:३९
168
Shares

काठमाडौं । सिरियाका पूर्व राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गरेको केही घण्टापछि छिमेकी देश लेबनान र जोर्डनबाट सिरियाली नागरिक फर्किन थालेका छन् ।

आइतवार यस्ता धेरै तस्विरहरु बाहिर आएका छन् जसमा सिरियाली नागरिकहरु यी दुई देशबाट सिरियाको सीमामा प्रवेश गरेको देखिन्छ ।

समाचार एजेन्सी एएफपीका एक संवाददाताले लेबनान-सिरिया सीमामा मस्ना क्रसिङमा दर्जनौं कारहरू लाइनमा उभिएका र भीडले बसर अल-असदको विरुद्धमा नारा लगाएको देखे।

अर्कोतर्फ, जोर्डन पक्षबाट जाबेर क्रसिङमा एक व्यक्तिले समाचार एजेन्सी रोयटर्सलाई भने, “म जोर्डनमा १२ वर्षदेखि छु। जब हामीले बसर अल-असदको सरकार पतन भएको खबर सुन्यौं, तब हामी भावुक भयौं। अब सुरक्षित भएर देश फर्किन सक्छु ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.