पाकिस्तानका फास्ट बलर आमिरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

डिसी नेपाल
२९ मंसिर २०८१ १८:३०
388
Shares

इस्लामबाद। पाकिस्तानी फास्ट बलर मोहम्मद आमिरले शनिबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन।

व्यक्तिगत रूपमा विवादास्पद करियर बोकेका उनस्पट फिक्सिङको आरोपमा जेलसमेत परेका महान पाकिस्तानी क्रिकेट खेलाडी हुन्।

३२ वर्षीय खेलाडीले यस वर्षको सुरुमा अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी–२० विश्वकप खेल्नु अघि सन्यास लिएका थिए।

न्युजिल्याण्डको भ्रमणबाट बाहिरिए पछि उनले डिसेम्बर २०२१ मा सबै प्रकारका अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने जनाएका थिए तर विश्वभरका फ्रेन्चाइज टी–२० लिगमा खेल्न जारी राखेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.